स्विजरल्याण्ड । लामो समयदेखि नेपाली गित संगितमा आफ्नो ,समय खर्चि सकेका गायक तुलसी सिवाकोटी यतिवेला एकाएक चर्चित बनेका छन् । यतिबेला सिवाकोटीको फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ सफलता संगै चर्चा चुलिदै गएको हो ।
यसभन्दा अगाडी ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका वोलको गितलाई लाखौ श्रोताले अत्याधिक मन पराएका थिए भने यतिवेला ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ बोलको गित बजारमा आएको केही घण्टामै हजारौ श्रोताले हेर्न भ्याएको यो गितले तुलसीको उचाई अझ थप्ने देखिन्छ ।
रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक सिवाकोटीको सांगितिक एल्वम ‘मुहार’ मा समावेश गरिएको उक्त म्युजिक भिडियोमा रोशन लम्साल र रोशनी चालिसे र सागर ले अभिनय गरेका छन । मालति पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गर्नुभएको यो म्युजिक भिडियो उमआरन क्रिय़शनको व्यानरमा निर्माण गरिएको हो ।
झापा जिल्लामा जन्मनुभएका गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन ।
https://youtu.be/364GR9QV8IY