Author: admin
बुधवारे । तीनतले सामुदायिक बन उपभोक्ता समिति बुधबारेले वातावरण संरक्षण, वस्ती संरक्षण र उपभोक्तालाई आर्थिक पक्षमा सवल बनाउने हेतुले करिव ९ हजार विभिन्न प्रजातीका विरुवा वितरण गर्दै वृक्षारोपन गरेको छ । बन समितिले आफ्नो क्षेत्र भित्र जेतपत्ता २८ सय, खयर २४ सय, मसला काठ ५ सय ५०, मलेसियन साल ५ सय, टिक २२ सय, अमला २ सय र च्याक्रासीका १ सय ५० विरुवा रोपेको समितिका अध्यक्ष भिमकुमार नेवारले जनाएका छन् । ती विरुवा खोलाका किनारमा वस्ती संरक्षण, कटान नियन्त्रण गर्ने उद्धेश्यले रोपिएको उनले बताएका छन् । उनले उपभोक्ताहरुलाई पनि आम्दानी दिन सक्ने विरुवा निशुल्क वितरण गरिएको जनाएका छन् । समितिकै सकृयतामा…
काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका हुन् । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए । यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद्…
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मात्रै विकास चाहेको र गरेको भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् । संसदमा उहाँले भन्नुभयो ‘ओली जीले आफूले मात्रै विकास गरेको भन्दै भ्रम छर्नु भएको छ, त्यो होइन । नौ महिना भन्दा अघिदेखि नै विकास भएको थियो । त्यही पनि तपाईको सरकारकारमा हामी पनि थियौं ।’ उहाँले छिमेकी राष्ट्रसँग भएका संधी सम्झौता तथा बजेटका कुरा पूरा हुने बताएका छन्। आफूहरुको सहयोगलाई ओलीले बिर्सिएको प्रचण्डले आरोप लगाए । उहाँले ओली सरकारले सुरु गरेका काम आउने सरकारले निरन्तरता दिने बताए ।
Jhaapa : Many of you have seen a halo around the sun in eastern nepal . It’s that perfect rainbow that forms a circle around the sun or even the moon. It’s formed as the sun’s or moon’s rays interact with ice crystals high in the atmosphere. It’s the same physics, really. The halos (or, sometimes known as “sundogs” around the sun) are usually seen when there are high cirrus clouds overhead. Those clouds are made of tiny ice crystals, which will refract the sunlight much like a prism will and voila! You have a rainbow halo around the…
काठमाडौं – राप्रपा नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । बुधबार बिहान सकिएको संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको विपक्षमा मत दिने निर्णय गरेको छ । सरकार सहभागी नहुने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए । सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई अहिलेकै हैसियतमा सरकारमा आउन आग्रह गरेका थिए । पार्टीभित्र सरकारमा जाने या नजाने विषयमा विवाद भए पनि अन्तमा राप्रपा नेपाल सरकारमा सहभागी नहुने निर्णयमा पुगेको हो ।
इलाम : विश्वमै दुर्लभ मानिएको रेडपाण्डा संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको छ। समुन्द्र सतहको २२ सय मिटरदेखि चार हजार मिटरसम्म पाइने रेडपाण्डा खुला सीमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फडानीका कारण लोप हुने अवस्थामा पुगेका हुन्। आकर्षक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुन्छ। विकास निर्माणले वासस्थान लोप , कुकुरको आक्रमण,आहाराको विनास अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको बिभिन्न अध्ययनहरुले देखाएको छ। रेडपान्डा इलाम, पाँचथर र ताप्लेजुङका हिमाली क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्थाका…
प्रधानमन्त्री पदको सपथ लिएर पदभार समाल्नासाथ कुनै लोकप्रिय निर्णय गर्ने चलन छ । ओलीले तुइन विस्थापित गर्ने निर्णय गर्नुभएको थियो । प्रचण्डलाई मेरो सल्लाह छ– सुकुम्वासीविहिन अवस्था सिर्जना गर्ने निर्णय गर्नुस् ।
ताप्लेजुङ / आगामी साउन २८ गते देखि हुने पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समिति ताप्लेजुङले भारतको एक टिम सहित आठ टिम सहभागि हुने यस प्रतियोगिताको खेल तालिका हालै सार्वजानिक गरेको हो । खेल तालिका अनुसार सेमिफाईनलको पहिलो खेलमा साउन २८ गते दिउँसो दुई बजे संघर्ष स्पोटिङ्ग क्लव ताप्लेजुङ र दिपेन्द्र शिखर फुटबल क्लव फिक्कल ईलाम विच तिस्पर्धा हुने छ । यस्तै साउन २९ गते फिदिम स्पोर्टिङ्ग क्लव पाँचथर र पथरी स्पोर्टिङ्ग क्लव मोरङ विच खेल हुने छ । सेमिफाईनलकै अर्को खेलमा साउन ३० गते ईलाम ११ जिल्ला फुटबल संघ ईलाम र सुनसरी ११ जिल्ला फुटबल संघ विच प्रतिस्पर्धा…
काठमाडौं – यात्राका बेला समस्या भए अब म्यासेजमार्फत नै उजुरी तथा गुनासो गर्न सकिने भएको छ । यात्राका बेला कुनै समस्या भए यात्रुले ९८५१२९५१०० नम्बरमा म्यासेज गर्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो नम्बरमा अरु मोबाइलमा जस्तै यात्रुले उजुरी वा गुनासा लेखेर म्यासेज गर्न सक्नेछन् । ट्याक्सी मिटरमा जान नमाने, सार्वजनिक गाडीले तोकेको भन्दा बढी भाडा लिए, विद्यार्थी परिचय पत्र वापत छुट नपाए र सार्वजनिक गाडीमा हैरानी वा हिंसा भए यात्रुले ९८५१२९५१०० मा म्यासेज गर्न सक्ने छन् । यस्तै ट्राफिक प्रहरीकै कार्यशैलीप्रति पनि गुनासा छ भने पनि यो नम्बरमा म्यासेज मार्फत उजुरी गर्न सकिने महाशाखाले…
धादिङ – धादिङको गोगनपानी गाविसकी एक बालिकालाई छिमेकी एक किशोरले बलात्कार गरी हत्या गरेको बालिकाको परिवारले आरोप लगाएको छ । गोगनपानी–३ की ४ वर्षकी एक बालिकालाई १४ वर्षका किशोरले बलात्कार गरेर हत्या गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै बालिकाको परिवारले उजुरी दिएको छ । मृतक बालिकाका बुवाआमा साउन ३ गते बालिकालाई घरमा छाडेर खेतमा काम गर्न गएका थिए । बेलुका घर आउँदा बालिकालाई घरमा देखेनन् । सोधखोज भयो । छरछिमेक तथा घर वरिपरि खोजी गरियो । तर भेटिएन । साउन १० गते एक जना छिमेकीले बारीमा घाँसकाट्न जाँदा बालिकाको शव देखेका थिए । बालिकाको शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको…