ताप्लेजुङ / आगामी साउन २८ गते देखि हुने पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समिति ताप्लेजुङले भारतको एक टिम सहित आठ टिम सहभागि हुने यस प्रतियोगिताको खेल तालिका हालै सार्वजानिक गरेको हो । खेल तालिका अनुसार सेमिफाईनलको पहिलो खेलमा साउन २८ गते दिउँसो दुई बजे संघर्ष स्पोटिङ्ग क्लव ताप्लेजुङ र दिपेन्द्र शिखर फुटबल क्लव फिक्कल ईलाम विच तिस्पर्धा हुने छ । यस्तै साउन २९ गते फिदिम स्पोर्टिङ्ग क्लव पाँचथर र पथरी स्पोर्टिङ्ग क्लव मोरङ विच खेल हुने छ ।
सेमिफाईनलकै अर्को खेलमा साउन ३० गते ईलाम ११ जिल्ला फुटबल संघ ईलाम र सुनसरी ११ जिल्ला फुटबल संघ विच प्रतिस्पर्धा हुने छ । सेमिफाईनलको अन्तिम खेलमा विदेशी टिम रोयल फुटबल क्लव सिलीगुढी भारत र गोर्खा स्र्पोटिङ्ग क्लव दमक झापा विच प्रतिस्पर्धा हुने खेल तालिकामा जनाईएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित खेलाईने यस प्रतियोगितामा महिला तर्फको पनि चार टिम विच प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष युगराज गुरुङले बताउनुभयो ।
उहाँका अनुसार महिला तर्फ झापा ११, मोरङ ११, रोयल फुटबल क्लव सिलिगुढी र ताप्लेजुङ ११ विच प्रतिस्पर्धा हुने छ । पुरुष तर्फको विजेताले एक लाख ५१ हजार १ सय ११ रुपैँया नगद सहित तिन वर्षे च्यालेन्ज रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया सहित ट्रफी,
मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । च्यालेन्ज रनिङ्ग कप २ किलो चाँदी र दुई तोला सुन मिसाएर बनाईएको हो ।यता महिला तर्फको विजेताले नगद ५१ हजार १ सय ११ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाण, उपविजेताले नगद ३१ हजार १ सय ११ सहित मेडल र प्रमाण पत्र पाउने जनाईएको छ । पुरुष तर्फको फाईनल खेल भदौ ५ गते हुने छ भने सोही दिननै खेल समापन गरिने छ ।