बुधवारे । तीनतले सामुदायिक बन उपभोक्ता समिति बुधबारेले वातावरण संरक्षण, वस्ती संरक्षण र उपभोक्तालाई आर्थिक पक्षमा सवल बनाउने हेतुले करिव ९ हजार विभिन्न प्रजातीका विरुवा वितरण गर्दै वृक्षारोपन गरेको छ ।
बन समितिले आफ्नो क्षेत्र भित्र जेतपत्ता २८ सय, खयर २४ सय, मसला काठ ५ सय ५०, मलेसियन साल ५ सय, टिक २२ सय, अमला २ सय र च्याक्रासीका १ सय ५० विरुवा रोपेको समितिका अध्यक्ष भिमकुमार नेवारले जनाएका छन् ।
ती विरुवा खोलाका किनारमा वस्ती संरक्षण, कटान नियन्त्रण गर्ने उद्धेश्यले रोपिएको उनले बताएका छन् । उनले उपभोक्ताहरुलाई पनि आम्दानी दिन सक्ने विरुवा निशुल्क वितरण गरिएको जनाएका छन् ।
समितिकै सकृयतामा धेरै विरुवा रोपिएको तथा करिव ११ सय तेजपत्ताको विरुवा बुधबारे जेसीजलाई प्रायोजन गरी सडक किनारमा रोपिएको समिति सचिव नन्दु राईले जनाएका छन् ।
ती विरुवा वनस्पती ईलाम, जिल्ला वन दक्षिणी सेक्टर सुखानी र नमुना सामुदायिक वन शान्तिनगरबाट ल्याइएको थियो ।