काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मात्रै विकास चाहेको र गरेको भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् ।
संसदमा उहाँले भन्नुभयो ‘ओली जीले आफूले मात्रै विकास गरेको भन्दै भ्रम छर्नु भएको छ, त्यो होइन । नौ महिना भन्दा अघिदेखि नै विकास भएको थियो । त्यही पनि तपाईको सरकारकारमा हामी पनि थियौं ।’
उहाँले छिमेकी राष्ट्रसँग भएका संधी सम्झौता तथा बजेटका कुरा पूरा हुने बताएका छन्। आफूहरुको सहयोगलाई ओलीले बिर्सिएको प्रचण्डले आरोप लगाए । उहाँले ओली सरकारले सुरु गरेका काम आउने सरकारले निरन्तरता दिने बताए ।
Facebook Comments Box