काठमाडौं – राप्रपा नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । बुधबार बिहान सकिएको संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको विपक्षमा मत दिने निर्णय गरेको छ ।
सरकार सहभागी नहुने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए ।
सरकारमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई अहिलेकै हैसियतमा सरकारमा आउन आग्रह गरेका थिए ।
पार्टीभित्र सरकारमा जाने या नजाने विषयमा विवाद भए पनि अन्तमा राप्रपा नेपाल सरकारमा सहभागी नहुने निर्णयमा पुगेको हो ।
Facebook Comments Box