Author: admin

काठमाण्डौ । करिब नौ महिनापछि मधेसवादी दल व्यवस्थापिका संसदमा छिरेपछि धेरैलाई लागेको थियो अब देशले राजनीतिक निकास पाउँछ । कमसेकम छलफससलको माध्यमबाट संविधान कार्यान्वयन बाटो खुल्नेमा धेरै आशावादी थिए । नागरिक दैनिकमा समाचार छ। संसद छिरेको एक साता नबित्दै मधेसवादी दलले सीमा निर्धारण आयोगले गरिरहेको स्थानीय पुनःसं।चनाका कामै रोक्नुपर्ने अर्को थपेपछि राजनीतिक निकास धकेलिने देखिँदै छ ।यसले थप अस्थिरता निम्त्याउने खतरा छ। मधेसी दलले पुनःसंरचनाका काम रोक्ने माग थपेर उल्झन बढाएका छन् भने प्र्रमुख दलसमेत समयमा  निर्वाचन गरेर संविधान कार्यान्वयनसफल पार्न गम्भीर देखिन्न। समयमै स्थानीय निकाको पुनः संरचनाका कार्य यति धेरै महत्वपूर्ण छ कि २०७४ माघ ७ सम्म देशमा स्थानीय,…

Read More

काठमाण्डौ । अदालतबाट दोषी ठहर एक लाख २० हजार अपराधी फरार छन्। फैसला कार्यान्वयन कार्यालयका महानिर्देशक महेन्द्र उपाध्यायका अनुसार फरार अभियुक्तसँग एक लाख १० हजार वर्ष कैद तथा करिब ११ अर्ब रुपैयाँ जरिवाना उठाउन बाँकी छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। फरार हुनेले अदालतको सेवा नपाउने, तर अन्य सरकारी सेवा र विदेशसमेत जान पाउने भएकाले उनीहरुलाई पक्राउ र कारबाही प्रभावकारी नभएको कार्यालयका अधिकारीहरु बताउँछन्। पछिल्लो समय जिल्ला जिल्लामा प्रहरीले फरार अभियुक्तलाई पक्राउको अभियान सुरु गरेको छ। फैसला कार्यान्वयन कार्यालयले कैद तथा जरिवाना बेरुजु रहेका व्यक्तिहरुलाई विद्युत, खानेपानीजस्तो सुविधासमेत रोकेमा कानुनी शासनलाई बलियो बनाउन सजिलो हुने प्रहरीको भनाई छ।

Read More

काठमाण्डौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार राति कुरा गर्दै पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे। उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए। कान्तिपुर दैनिकमा समाचार छ। ‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन,’ ती नेताले भने, ‘तर शेरबहादुर दाइले मानिराख्नुभएको छैन। किन अप्ठ्यारो मान्नुभएको हो, थाहा हुन सकेको छैन।’ यसबीचमा गच्छदारले देउवालाई मनाउने कोसिस गरे पनि उनले चासो नदेखाएको फोरम लोकतान्त्रिकका अर्का नेताले बताए। ती नेताले प्रधानमन्त्री दाहालका निकटस्थबाट देउवासँग कुराकानी गर्न गच्छदारलाई सुझाव…

Read More

 झापा । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट रञ्जन लिम्बूको बिहीबार अन्त्येष्टि गरिएको छ । लिम्बू संस्कार र विधि अनुसार उनको झापाको देउनियाँ खोला चारआलीमा विधिवत् रुपमा अन्त्येष्टि गरिएको हो । बिहीबार अपरान्ह उनको शव फिसटेल इयरको हेलिकोप्टर मार्फत धाइजन-६, पीपलडाँगीस्थित निवासमा ल्याइएको थियो । विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको उनको शवमा श्रद्धाञ्जली व्यक्त गर्न छिमेक र शुभचिन्तकहरु भेला भएका थिए । श्रद्धाञ्जलि पश्चात् अपरान्ह २ बजे उनको विधिवत अन्त्यष्टि गरिएको थियो । विरामी सुत्केरी लिन काठमाडौंबाट नुवाकोट पुगि फर्किने क्रममा गोर्खामा उनको दुर्घटनामा परी निधन भएको थियो ।

Read More

धाइजन । १७औं अन्तरराष्ट्रिय युवा दिवसको अघिल्लो दिन झापाको धाइजनमा विविध कार्यक्रम गरी दिवसको शुभारम्भ गरिएको छ । युवासँग सरोकार राख्ने झापाका डेढ दर्जन संघ संस्थाले सामुहिक कार्यक्रमको आयोजना गरी वृक्षारोपण तथा सरसफाई गरेर युवा दिवस मनाएका हुन् । धाइजन गाविसस्थित बलभद्र जनता उच्च माविको प्राङ्गण सरसफाई तथा वृक्षारोपण गरिएको युथ एक्सन नेपाल झापा शाखाका संयोजक दिपक दासले जानकारी दिए । विद्यालय परिसरमा साल, मलेसीयन साल, टिक, रंग काठ, चापलगायत जातका बिरुवा रोपिएको थियो । युथ एक्सन झापाले संयोजन गरेको कार्यक्रममा युरेशिया रेयुकाई, द राइजिङ क्लब, क्रिएटिभ युथ नेटवर्क, झापा सरोकार समाज, बागेश्वरी असल शासन क्लब, निलहिरा समाज, इसीएफ झापालगायतका ७०…

Read More

बिर्तामोड । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिजको १७औँ स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा झापाका तीनजना पत्रकारलाई सम्मान गरिएको छ । फोनिज झापा शाखाद्वारा स्थापित डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट प्रतिदिन दैनिकका कार्यकारी सम्पादक रमेश समदर्शी सम्मानित भएका छन् । उनलाई नगद १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिएको हो । यस्तै उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा लिम्बू र सनराइज एफएमकी शारदा खवासलाई जनही एक हजार ५१७ रुपैयाँसहित प्रोत्साहन पत्रबाट सम्मानित गरिएको छ । सम्मानित तीनै जना पत्रकारलाई फोनिजका केन्द्रीय उपाध्यक्ष भैरव आङ्गलाले सम्मानपत्र प्रदान गरे । यस्तै पुरस्कार रकम फोनिजका जिल्ला अध्यक्ष गणेशमान मुखियाले हस्तान्तरण गरेका थिए ।…

Read More

एजेन्सी । के तपाईँहरूले अनुमान लगाउनु भएको छ, एक अरबपतिले दिनमा कति पैसा त्यतिकै उडाउन सक्छ? यो सुनेर तपाईँहरूलाई अचम्म लाग्न सक्छ। कतिले यो समाचारलाई हावा पनि भन्न सक्लान्। कोलम्बियाका ‘कोकिन किङ’ पाब्लो स्कोबारले आफ्नो परिवारलाई चिसोबाट जोगाउन एकै पटकमा २० करोड ८० लाख रूपियाँमा आगो लगाएका थिए। बिजनेस इन्साइडरलाई पाब्लो स्कोबारका छोरा हुँवा पाब्लोले हालै दिएको अन्तर्वार्तामा आफ्नो परिवारलाई चिसोबाट बचाउन बुवाले आफूसँग त्यतिबेला भएको सबै नोटमा आगो लगाएको खुलासा गरेका छन्। स्कोबारविरूद्ध अन्तर्राष्ट्रिय दबाब बढेपछि कोलम्बियाको विशेष सुरक्षा दस्ताले सन् १९९३ को डिसेम्बरमा उनको हत्या गरेको थियो। लागू औषधका कारोबारी स्कोबारको साताकै कमाई ४२ करोड डलर (करिब ४५०२…

Read More

काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरूमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएको आरोप लगाउँदै त्यसका कारण वकालत पेशा नै बदनाम भएको बताएकी छिन्। नेपाल कानुन व्यवसायी परिषदले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय कानुन व्यवसायीहरूले जसको मुद्दा लडेको हो उसलाई खरानी बनाएर सबै सम्पत्ति लिने गरेको भन्दै त्यसो गर्नु निष्ठामाथिको बिचलन भएको बताइन्। उनले मुद्दा लडेको व्यक्तिलाई सक्षम बनाउनुको साटो उसको सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तीजस्तो बनाउने बताइन्। प्रधानन्यायाधीश कार्कीले कतिपय कानुन व्यवसायीहरूले कालो कोट लगाएर जग्गा दलालहरूसँग मिलेमतो गरी अनाधिकृत रुपमा खर्बौं रुपैयाँ आर्जन गरेको भन्दै त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा…

Read More

काठमाडौ । सूचनाको हकको प्रयोगले बैदेशिक रोजगारीमा जाने कामदार सुरक्षित हुने भन्दै यसको प्रबद्र्धनमा सरोकारवालाहरूले जोड दिएका छन् । मिडिया एडभोकेसी नेपाल (म्याग)ले बिहिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बैदेशिक रोगजारीमा जाने कामदारलाई सूचनाको हकको बारेमा सचेतता दिनु पर्ने बताए । बैदेशिक रोजगारीमा जाने कामदारले आफू जाने कम्पनी, कामको प्रकृति कामका क्रममा हुने दुर्घटना पछिको क्षतिपूर्ती लगायतको बिषयमा पहिलै जानकारी पाएमा कामदार ठगिने संभावना कमी हुने उनीहरुको भनाइ थियो । सूचनाको अभावकै कारण बैदेशिक रोजगारीमा जाने कामदार ठगिएको, बिचौलीयाले झुक्याउने गरेको र विदेशका गएर अलपत्र पर्ने गरेको जानकारहरुको भनाइ थियो । कार्यक्रममा सूचना आयोगका सहसचिव महेन्द्र थापा, श्रम तथा रोजगार…

Read More

पोखरा । गत सोमबार फेवातालमा भएको डुङ्गा दुर्घटनापछि बेपत्ता भएका दुईजनाको शव बिहीबार फेला परेको छ। चार दिनयता लगातार बेपत्ताको खोजी गरिएपनि बिहीबार बिहान मात्र उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो। बेपत्ता भएका काठमाडौँ चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र काठमाडौँ वसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए। बिहीबार पनि बिहानैदेखि बेपत्ता व्यक्तिको खोजी सुरु गरिएकोमा बिहान ७ बजेतिर शव पानीमा तैरिएको अवस्थामा फेला परेको थियो। प्रहरी, सशस्त्र प्रहरी र माझीको समूहले डुङ्गा दुर्घटना भएकोभन्दा दक्षिणी क्षेत्रलाई केन्द्रित गरेर शव खोजिएकोमा दुर्घटना भएको भन्दा करिब ३०० मिटर दक्षिणमा केसीको शव…

Read More