Author: admin
काठमाण्डाैं । प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मे परेको छ। मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको हो। स्रोतले देउवा र दाहालबीच तत्कालीन केपी ओली सरकारले जाँदाजाँदै गरेका नियुक्ति, सरुवा र बढुवाका निर्णय फिर्ता गर्नेलगायत विषयमा निर्णय गर्नुपर्नेबारे समेत बतायो। बुधबार प्रधानमन्त्री चुनिएका माओवादी अध्यक्ष दाहालले भोलिपल्ट शपथग्रहण गर्दा आफ्नो दलका तर्फबाट तीन मन्त्रीमात्रै नियुक्त गरे । कांग्रेसले दुई मन्त्रीमात्रै पठायो। जबकि, दुई दलबीचको समझदारीअनुसार कांग्रेसले पहिलो चरणमा चार मन्त्री पठाउने तय भएको थियो। नेता शेखर कोइराला र…
काठमाण्डाैं । सरकारले राजनीतिमा प्रत्यक्ष सम्बन्ध राख्ने र राजनीतिक दलको सदस्यता लिने निजामती कर्मचारीलाई बर्खास्त गर्नेसम्मको कानुन ल्याउन आन्तरिक गृहकार्य थालेको छ। निजामती कर्मचारीले राजनीतिक दलको सदस्यता लिने तथा सरकारी काम छोडेर खुलेआम राजनीतिक दलको प्रचार–प्रसारमा लाग्ने प्रवृत्ति बढेकाले सरकारले त्यस्तो गृहकार्य थालेको हो। केही समयअघि सामान्य प्रशासन मन्त्रालयले धुलिखेलमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनका सवाल’ विषयक दुईदिने अन्तरसंवादमा सहभागी सचिव तथा पूर्वसचिवलगायतका उच्च प्रशासकले ट्रेड युनियनका नाममा कर्मचारीले खुलेआम राजनीति गर्दै आएको भन्दै मुख्यसचिव डा। सोमलाल सुवेदीको ध्यानाकर्षण गराएका थिए । उच्च प्रशासकले गम्भीर रूपमा यस्तो कुरा उठाएपछि मुख्यसचिव सुवेदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत यस विषयमा छलफल गरी…
झापा । सञ्चारकर्मी तथा मोडल रमेश तिवारीले दाेस्राे विवाह गरेका छन । उनले शुक्रवार झापा विर्तामोडकी श्रेया भण्डारीसंग विवाह गरेका हुन । भर्खरै दुवईबाट फर्किएकी श्रेयासंग रमेशले मागी विवाह गरेका हुन् । शुक्रवार झापाको जामुनखाडीमा सम्पन्न भएको विवाहमा बेहुलीका आफनतसंगै हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुईटेल पनि सहभागी थिए । हिन्दु संस्कार अनुसार विवाह मण्डपमा दुलाहदुलही देखिएपनि अचम्मको कुरा पण्डित भने थिएनन । विवाहमा हर्ताकर्ताका रुपमा रहेका युवराज वाईबाले मण्डपमा रहेका दुलहीलाई सिन्दुर लगाईदिन दुलाह रमेशलाई भनेपछी उनले शिन्दुर सहित पोते पनि लगाई दिएका थिए । कुनै पण्डित बिनानै गरीएको यो बिवाह कस्तो बिवाह हो ? योे प्रशङ्ग म्युजिक भिडियो सुटिङ्को हो…
झापा । बैदेिशक रोजगारीको शिलशिलमा दुबई जेब्लाली पुगेर मृत्यु भएका झापाका लभ सुबेदीलाई बिभिन्न संघ संस्थाले अार्थिक सहयोग गरेका छन् । घरको अार्थिक अबस्था कमजोर भएपछि रोजगारीका लागि तीन वर्ष अघि दुबईको टप वान सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत सुबेदीका परिवारलाई नेपाली सेक्युरिटी सेवा समाज यु ए ई परिवार, नेपाली सेक्युरिटी समाज र झापाली समाजले संयुक्त रुपमा ५१००० रुपयाँ सहयोग गरेको छ । दुई महिना अघि काम गर्ने कम्पनीमा डिउटीकै क्रममा मृत्यु भएका सुबेदीको श्रीमती र ५ बर्षको नाबालक छोरा को साथै बुढी आमा छन् । घरको अार्थिक अबस्था सुधार्न गएका सुबेदीकै मृत्यु भएपछि उनको परिवारलाई नेपालि सेक्युरिटी सेवा समाज यु.ए.ई र…
किभ (युक्रेन) । पूर्वी युक्रेनको पृथकतावादी आन्दोलनको नेतृत्व गरेको लुगान्सका पिपुल्स पार्टीका प्रमुख नेता इगारेर प्लटनिटस्की शुक्रबार कार विस्फोटनमा परी घाइते हुनुभएको छ । विद्रोही नेता प्लटनिटस्कीको कार नजिकै भएको शक्तिशाली बम विफोस्टमा परी उहाँ घाइते बन्नुभएको रसिया समर्थक विद्रोहीद्वारा सञ्चालित न्युज एजेन्सीले शुक्रबार बताएको छ । बाउन्न वर्षीय नेता प्लटनिटस्की सहित उक्त घटनामा घाइते भएका अन्य केही मानिसलाई स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ । विद्रोहीद्वारा सञ्चालित न्युज एजेन्सीले विस्फोट विद्रोही नेता प्लटनिटस्कीको हत्या गर्ने उद्देश्यले गराएको तर भाग्यवस उहाँ बाँच्न सफल हुनुभएको बताइएको छ । यसैबीच युक्रेनी सरकारले विद्रोही नेता घाइते हुने गरी उहाँको नजिकै भएको विष्फोटमा सेना…
काठमाण्डौं – राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुने पक्का भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणले संयुक्त विज्ञप्ती निकालेर आगामी मंगलबार एकीकरणको घोषणा गर्ने जनाएका हुन् । नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने तथा झण्डा र चुनाव चिन्ह अहिले राप्रपा नेपालले प्रयोग गर्दै आएको हुने पनि उहाँले जानकारी दिनुभयो । एकिकरणपछि दुवै पार्टीका डेढ–डेढ सय जना गरी तीन सय जनाको केन्द्रिय समिति बनाइने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । संघीयता, धर्मनिरपेक्षता र राजतन्त्रका विषयमा दुवै पार्टीबीच रहेको मतभेद पार्टी एकीकरणपछि हुने महाधिवेशनले टुंगो लगाउने साथै नयाँ परिवेशमा पार्टीको रणनीतिबारे एकतापछिको…
जनकपुर । जनकपुरमा मिठाई खाँदा दुई जना बिरामी परेका छन् । जानकी मन्दिर आगडीको हंशराज मिठाई पसलको मिठाई खाँदा दुई जना बिरामी परेका हुन् । शनिबार बिहान जनकपुर उपमहानगरपालिका–१ बस्ने विन्देश्वर साह र सन्तोष साह मिठाई खाएपछि रगत वान्ता भई बिरामी भएका हुन् । उनीहरुका अनुसार मिठाई खाँदै जाँदा माकुरा फेला परेको थियो । सिकिस्त बिरामी भएका दुवै जनाको उपचार जनपुरको जानकी हेल्थकेयरमा भइरहेको छ । मिठाई खाएर दुई जना बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालयले मिठाई पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा अखाद्य बस्तु केहि फेला नपरेको र मिठाई चेकजाँचको लागि काठमाडौं पठाउने तयारी…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने घोषणा गरेका छन् । शनिबार दिउँसो बनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको एकताको पाँचौं भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्रीले भने, ‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनुपूर्व नै तय भएकाले म आएँ, अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन ।’ भेलामा प्रधानमन्त्रीले १० माओवादीको एकतापछि नेकपा माओवादी केन्द्र ठूलो दल बनेको बताए । ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल…
एजेन्सीः नेपालका कार्यकारी प्रमुखका छोराछोरी के गर्छन् ? धेरैको जिज्ञासा रहने यो प्रश्न अनुत्तरित छ । यसको ओठे जवाफ सुनिन्छ, ‘राज्यको भत्ता खान्छन् बस्छन् ।’ तर, अमेरिकी राष्ट्रपति बाराक ओबामाकी १५ बर्षीया छोरी साशा ओबामा भने अहिले रेष्टुरेन्टमा काम गरिरहेको खबर सार्वजनिक भएको छ । गर्मीको छुट्टीको समयमा राष्ट्रपति भवनको उच्च सुविधा छोडेर साशाले वेटरको काम रोजेकी हुन् । उनी अहिले छुट्टी मनाउदै अमेरिकाकै मासाचुसेट्सको मार्था वाइनयार्डको एक रेस्टुरेन्टमा वेटरको भूमिका निर्वाह गरिरहेको अमेरिकी सञ्चार माध्ययमले जनाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले भने साशाले रेष्टुरेन्टमा काम गरेको बारे केही बताउन नचाहेको समेत अमेरिकी सञ्चार माध्ययमले उल्लेख गरेका छन् । सासाले…