जनकपुर । जनकपुरमा मिठाई खाँदा दुई जना बिरामी परेका छन् । जानकी मन्दिर आगडीको हंशराज मिठाई पसलको मिठाई खाँदा दुई जना बिरामी परेका हुन् ।

शनिबार बिहान जनकपुर उपमहानगरपालिका–१ बस्ने विन्देश्वर साह र सन्तोष साह मिठाई खाएपछि रगत वान्ता भई बिरामी भएका हुन् । उनीहरुका अनुसार मिठाई खाँदै जाँदा माकुरा फेला परेको थियो । सिकिस्त बिरामी भएका दुवै जनाको उपचार जनपुरको जानकी हेल्थकेयरमा भइरहेको छ ।
मिठाई खाएर दुई जना बिरामी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालयले मिठाई पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा अखाद्य बस्तु केहि फेला नपरेको र मिठाई चेकजाँचको लागि काठमाडौं पठाउने तयारी भएको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
Facebook Comments Box