काठमाण्डौं – राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुने पक्का भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणले संयुक्त विज्ञप्ती निकालेर आगामी मंगलबार एकीकरणको घोषणा गर्ने जनाएका हुन् ।
नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने तथा झण्डा र चुनाव चिन्ह अहिले राप्रपा नेपालले प्रयोग गर्दै आएको हुने पनि उहाँले जानकारी दिनुभयो । एकिकरणपछि दुवै पार्टीका डेढ–डेढ सय जना गरी तीन सय जनाको केन्द्रिय समिति बनाइने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
संघीयता, धर्मनिरपेक्षता र राजतन्त्रका विषयमा दुवै पार्टीबीच रहेको मतभेद पार्टी एकीकरणपछि हुने महाधिवेशनले टुंगो लगाउने साथै नयाँ परिवेशमा पार्टीको रणनीतिबारे एकतापछिको कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउने पनि उहाँले जानकारी दिनुभयो । नयाँ सरकारको गठन प्रकृयामा राप्रपा नेपालले विपक्षमा तथा राप्रपाले पक्षमा मतदान गरेको थियो ।