झापा । बैदेिशक रोजगारीको शिलशिलमा दुबई जेब्लाली पुगेर मृत्यु भएका झापाका लभ सुबेदीलाई बिभिन्न संघ संस्थाले अार्थिक सहयोग गरेका छन् । घरको अार्थिक अबस्था कमजोर भएपछि रोजगारीका लागि तीन वर्ष अघि दुबईको टप वान सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत सुबेदीका परिवारलाई नेपाली सेक्युरिटी सेवा समाज यु ए ई परिवार, नेपाली सेक्युरिटी समाज र झापाली समाजले संयुक्त रुपमा ५१००० रुपयाँ सहयोग गरेको छ ।
दुई महिना अघि काम गर्ने कम्पनीमा डिउटीकै क्रममा मृत्यु भएका सुबेदीको श्रीमती र ५ बर्षको नाबालक छोरा को साथै बुढी आमा छन् । घरको अार्थिक अबस्था सुधार्न गएका सुबेदीकै मृत्यु भएपछि उनको परिवारलाई नेपालि सेक्युरिटी सेवा समाज यु.ए.ई र झापाली समाज यु.ए.ई को संयुक्त सहकार्यमा आर्थिक सहयोग सहयोग दिईएको हो । त्यस्तै यु.ए.ई मा रहेका विभिन्न सेक्युरिटी कम्पनीमा कार्यरत नेपालिहरु मार्फत संकलन गरिएको सहयोग रकम (३३७१दिराम) दिईएको छ ।
मृतक सुवेदीको परिवारलाई उनकै घर भद्रपुर नगरपालिका वडा नम्बर-१५ (साबिकको चन्द्रगढी-८) शान्ति चोक झापामा गएर नेपाली सेक्युरिटी सेवा समाज यु.ए.ई का सल्लाहकार कृष्ण प्याकुरेल, नारायण पराजुली साथै झापाली समाज यु.ए.ई का तर्फबाट सचिब शान्ता नेन्वाङ्गद्वारा रु.९८००० हजार रुपयाँ संयुक्त रुपमा हस्तान्तरण गरिएको जनाएको छ ।
यस अघि पनि उनको परिवारलाई झापाली समाज युएई ले ५१ हजार रुपयाँ आर्थिक सहयोग गरेको थियो ।