Author: admin

– महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । – महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन । – खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ । – सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ । –आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह…

Read More

बिबिसी – बेलायतमा पूर्व क्यान्सर बिरामीले अंग दान गरी सयौं मानिसको ज्यान जोगाएका छन् । बेलायतको प्रेस एशोसियसनका अनुसार पछिल्लो पाँच वर्षमा प्रत्यारोपणका लागि अंग दान दिनेमध्ये २ सय ७२ जना पूर्व क्यान्सर बिरामी थिए । उनीहरुले गरेको अंग दानबाट ६ सय ७५ जना बिरामीले नयाँ जिवन पाएका छन् । क्यान्सर बिरामीले सबैभन्दा बढी आँखा दान गरेका थिए । १ हजार ३३ क्यान्सर बिरामीले आफ्नो आँखा दान दिएका थिए । क्यान्सर भएका मानिसले अंग दान गर्न सक्दैनन् भन्ने गलत धारण यसले चिरेको छ । क्यान्सर रोग लागेका व्यक्तिहरुको अंग अन्य रोगीलाई प्रत्यारोपण गर्न सकिन्छ ।  ‘क्यान्सर भएर मृत्यु भएका डोनरबाट…

Read More

एजेन्सी । वंगलादेशका बेजिद सिकदर हजुर बुबासँग फुटबल खेल्न निकै मन पराउछ । तर चार वर्षीय यी बालक आफ्नै हजुरबुवा भन्दा अझै बृद्ध देखिन्छन् । वंगलादेशको मगुरा गाँउका उनको छाला चाउरी नै परेको छ । जन्मिदादेखि नै उनको स्वास्थ्य सम्बन्धि विभिन्न समस्या देखिने गरेको छ । उनको समस्यालाई लिएर सिकदरका अभिभावक चिकित्सक कहाँ धाएका छन तर कुनै उपचार हुन सकेको छैन । ‘हामी धेरै चिकित्सक समक्ष पुग्यौ । तर कसैले पनि रोगको कारण पत्ता लगाउन सकेन,’ बालकका बाबु लभ्लु होससेन सिकदरले गुनासो गरे । उनलाई प्रोगेरिया भएको हुन सक्ने केही चिकित्सकले अनुमान गरेका छन् । उनको कलेजो र किड्नीले काम…

Read More

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ वैशाख÷जेठमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथक वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार पनि थाहा पाउन सकिनेछ । साथै, ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Read More

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूतका रुपमा चीन गएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ परराष्ट्र मन्त्री वाङ यीसँग भेट गरेका छन् । भेटमा वाङ यीले नयाँ सरकार गठन हुने वित्तिकै नेपालले विशेषदूतलाई चीन पठाएकोमा स्वागत गरे । उनले अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको आन्तरिक मामिला जसरी परिवर्तन भएपनि चीन–नेपाल मित्रतामा परिवर्तन नआउने बताए । उनले नेपालमाथि चीनको मित्रता, चीन–नेपालको आपसी विश्वासको आधार र द्विपक्षीय आपसी सहयोग परिवर्तन नहुने पनि बताए । भेटमा उपप्रधानमन्त्री महराले नेपालमा सरकार परिवर्तन हुनुको कारण बारे जानकारी गराउँदै नेपाल र चीनबिचको सम्बन्ध पहिला जस्तै हुने विश्वास व्यक्त गरे ।

Read More

काठमाण्डौ । स्थानीय तह पुनर्संरचना आयोगले जिल्लाबाट प्रतिवेदन पठाउने समय १५ दिन थप गरेको छ । यसअघि आयोगले प्रत्येक जिल्लाका प्राविधिक समितिलाई आज मंगलबारसम्म सम्बन्धित जिल्लाका प्रस्तावित गाउँपालिका र नगरपालिकको खाका पठाउन निर्देशन दिएको थियो । दलहरुले समय थप्न आग्रह गरेपछि प्रतिवेदन पठाउन १५ दिन थप गरिएको आयोगका सदस्य डोरमणि पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा दलहरु र आयोगबीच छलफल भएको थियो । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दलका नेताहरु सहभागी थिए । आयोगको ५ सय ६५ वटा स्थानीय तह बनाउने प्रारम्भिक प्रस्ताव गरेपछि दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

Read More

नवलपरासी । नवलपरासी दाउन्नेको ओरालोमा जिप र ट्रक ठोक्किँदा ४ जनाको ज्यान गएको छ । बर्दघाटपबाट पूर्व गुडेको ना १ ज १३१७ नम्बरको जिप सिमेन्ट बोकेको ट्रकमा ठोक्किँदा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा दुई पुरुष र दुई महिला छन् । पिकनिक खाएर फर्किने क्रममा भएको दुर्घटनामा नवलपरासी सुक्रौली-८ का २८ वर्षे जीप चालक सुधाखर पाण्डे सहित ३ जनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान जानेमा भारत धर्मपूरका २६ वर्षे चिन्टु सहानी, नवलपरासी बन्जरिया–८ बडगो घर भएकी २४ वर्षकी धानुमति चौधरी र उनकी १८ वर्षे बहिनी चेतमाया चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनालाई…

Read More

धनुषा । धनुषा जिल्ला अदालतमा मंगलबार एकाएक हाजिर भएका जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डका अभियुक्त रामविनोद यादवलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश दिएको छ । अदालतमा यादवले आफूले धनुषाका निलम्बित सांसद तथा घटनामा मुख्य योजनाकारको आरोपित संजय साह बाहेक कसैलाई नचिनेको बयान दिएका छन् । पत्रकारहरुको जिज्ञासामा उनले प्रहरीले आफूमाथि ज्यादती गरेकोले न्याय पाउनका लागि आत्मसमर्पण गरेको बताएका छन् । सिंघानियाको हत्या पश्चात लामो समयदेखि फरार रहेर प्रहरीको खोजी सूचिमा रहेका  यादव मंगलबार एकाएक धनुषा जिल्ला अदालतमा हाजिर भएका हुन् । धनुषा कनपट्टीका ४५ वर्षका यादव मंगलबार दिउँसो १ बजे धनुषा जिल्ला अदालतको ईजलास नं. ५ मा हाजिर…

Read More

विर्तामोड । देशभर खाना पकाउने ग्यासको अभाव हुने गरेका बेला झापाका पाँच सय भन्दा बढी घर परिवारले घरमै ग्यास उत्पादन गरेर चुलो बालिरहेका छन् । उनीहरुलाई बजारमा ग्यास अभाव होस नहोस कुनै परवाह छैन । मानिसको मलमूत्रबाट उत्पादित उक्त ग्यासको प्लान्ट लगाउन अत्यन्तै सस्तो समेत हुने विज्ञहरुको भनाई छ । विर्तामोडका प्रकाशचन्द्र पकुवालले विगत दस बर्षदेखि आफ्नै घरमा दिसा पिसाबबाट खाना पकाउने ग्यास उत्पादन गरिरहेका छन् । कोही बेला बजारमा खाना पकाउने ग्यासको हाहाकार हुन्छ । तर उनको घरमा आफ्नै घरमा उत्पादित ग्यासले चुलो बालिरहेको छ । हरेक कुराले किफायती भएपछि विर्तामोड तथा आसपासका क्षेत्रका सार्वजनिक भवन, विद्यालय, कलेज तथा…

Read More

​रुपेन्देही, साउन ३२ – बुटवलको कालिकानगरमा विद्युतको हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा दुई बालकको ज्यान गएको छ । कालिकानगरको अभियान पथमा हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा योगिकुटीबाट साइकलमा बुटवल तर्फ आउँदै गरेका दाजुभाइ १० वर्षका रोहित क्षेत्री र ६ वर्षका रोहन क्षेत्रीको ज्यान गएको हो । उनीहरु तिलोत्तमा नगरपालीका-२० मोतिपुर निवासी गोपाल क्षेत्रीका माइला र साहिला छोरा हुन् ।

Read More