नवलपरासी । नवलपरासी दाउन्नेको ओरालोमा जिप र ट्रक ठोक्किँदा ४ जनाको ज्यान गएको छ ।
बर्दघाटपबाट पूर्व गुडेको ना १ ज १३१७ नम्बरको जिप सिमेन्ट बोकेको ट्रकमा ठोक्किँदा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा दुई पुरुष र दुई महिला छन् ।
पिकनिक खाएर फर्किने क्रममा भएको दुर्घटनामा नवलपरासी सुक्रौली-८ का २८ वर्षे जीप चालक सुधाखर पाण्डे सहित ३ जनाको घटनास्थलमै ज्यान गएको हो । ज्यान जानेमा भारत धर्मपूरका २६ वर्षे चिन्टु सहानी, नवलपरासी बन्जरिया–८ बडगो घर भएकी २४ वर्षकी धानुमति चौधरी र उनकी १८ वर्षे बहिनी चेतमाया चौधरी रहेका छन् ।
दुर्घटनामा घाइते भएका १० जनालाई अस्पताल लगिएको छ ।
Facebook Comments Box