काठमाण्डौ । स्थानीय तह पुनर्संरचना आयोगले जिल्लाबाट प्रतिवेदन पठाउने समय १५ दिन थप गरेको छ ।
यसअघि आयोगले प्रत्येक जिल्लाका प्राविधिक समितिलाई आज मंगलबारसम्म सम्बन्धित जिल्लाका प्रस्तावित गाउँपालिका र नगरपालिकको खाका पठाउन निर्देशन दिएको थियो । दलहरुले समय थप्न आग्रह गरेपछि प्रतिवेदन पठाउन १५ दिन थप गरिएको आयोगका सदस्य डोरमणि पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दलहरु र आयोगबीच छलफल भएको थियो । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दलका नेताहरु सहभागी थिए । आयोगको ५ सय ६५ वटा स्थानीय तह बनाउने प्रारम्भिक प्रस्ताव गरेपछि दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
Facebook Comments Box