रुपेन्देही, साउन ३२ – बुटवलको कालिकानगरमा विद्युतको हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा दुई बालकको ज्यान गएको छ ।
कालिकानगरको अभियान पथमा हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा योगिकुटीबाट साइकलमा बुटवल तर्फ आउँदै गरेका दाजुभाइ १० वर्षका रोहित क्षेत्री र ६ वर्षका रोहन क्षेत्रीको ज्यान गएको हो । उनीहरु तिलोत्तमा नगरपालीका-२० मोतिपुर निवासी गोपाल क्षेत्रीका माइला र साहिला छोरा हुन् ।
Facebook Comments Box