बिबिसी – बेलायतमा पूर्व क्यान्सर बिरामीले अंग दान गरी सयौं मानिसको ज्यान जोगाएका छन् । बेलायतको प्रेस एशोसियसनका अनुसार पछिल्लो पाँच वर्षमा प्रत्यारोपणका लागि अंग दान दिनेमध्ये २ सय ७२ जना पूर्व क्यान्सर बिरामी थिए । उनीहरुले गरेको अंग दानबाट ६ सय ७५ जना बिरामीले नयाँ जिवन पाएका छन् ।
क्यान्सर बिरामीले सबैभन्दा बढी आँखा दान गरेका थिए । १ हजार ३३ क्यान्सर बिरामीले आफ्नो आँखा दान दिएका थिए ।
क्यान्सर भएका मानिसले अंग दान गर्न सक्दैनन् भन्ने गलत धारण यसले चिरेको छ । क्यान्सर रोग लागेका व्यक्तिहरुको अंग अन्य रोगीलाई प्रत्यारोपण गर्न सकिन्छ । ‘क्यान्सर भएर मृत्यु भएका डोनरबाट पनि अंग झिकेर प्रत्यारोपण गर्न मिल्ने बेलायतको अंग, रगत तथा तन्तु प्रत्यारोपणसम्बन्धी एउटा कमिटीले जनाएको छ ।
चिकित्सकहरु क्यान्सर अंग दाताबाट क्यान्सर सर्ने सम्भावना ० दशमलब ०६ प्रतिशत भन्दा न्यून हुने बताउछन् । आफ्ना विभिन्न रोगका बाबजुद पनि प्राय बेलायती अंग दान गर्न लालायित भएको प्रत्यारोपण शाखाका निर्देशक डा जोन फोर्सथे बताउछन् । ‘आफ्नो कमजोर स्वास्थ अवस्थाका बाबजुद धेरैले अंग दान गर्न रुची देखाएका छन्,’ उनी भन्छन् । दाताले दिएको अंगलाई प्रत्यारोपण गर्दा हुने खतरा घटाउन सक्दो प्रयन्त गर्ने उनी बताउछन् ।