Author: admin

 काठमाडौं । मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका आजको अन्नपूर्णमा समाचार छ । जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये २ जना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाटै अन्यत्र लागेको स्वदेश फर्किएका खेलाडीहरूले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जवाफमा समेत  गैर…

Read More

झापा ।  बनियानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् । बनियानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका पूर्व गाउँ कमिटी सचिव भूपाल दंगालसहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले अविर मालासहित स्वागत गरेका थिए । राप्रपा नेपालका बनियानी गाउँ अध्यक्ष नरबाहदुर अधिकारीको अध्यक्षतामा आयोजीत पार्टी प्रवेश कार्यक्रममा पार्टीका महामन्त्री लिङ्गदेन, केन्द्रीय सदस्य देविरमण भट्टराईलगायतले बोलेका थिए ।

Read More

काठमाडौं– महानायक राजेश हमालको महिला अवतारको चलचित्र सकुन्तला शुक्रबारदेखि प्रदर्शनमा आएको छ । महिलालाई अपमान गर्ने पुरुषलाई चुनौती दिन  नारीको रुप धारण गरेका हमालको संवादले पनि चलचित्र महिलाको सम्मानको लागि निमार्ण भएको प्रस्ट पार्छ । चलचित्रमा राजेश हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, रामकुमार थापा, शिभन श्रेष्ठ, शशांक बस्यालको अभिनय छ । कृष्णहरी बराल र दयाराम पाण्डेको लेखनमा बनेको चलचित्रमा आस्त महर्जनको द्वन्द्व रहेको छ । महेश्वर खत्री र श्रीप्सा खत्रीको निमार्ण अनि दिनेश श्रेष्ठको निर्देशनमा बनेको शकुन्तला देशभर प्रदर्शनमा आउने निमार्ण टोलीले जनाएका छन् । https://youtu.be/Vz18EKsIc7A

Read More

एजेन्सी । रक्सी बनाउने र खानेलाई विभिन्न ठाउँअनुसार विभिन्न कारवाही गरिएको सुन्न पाइन्छ। यस्तै रमाइलो कारवाही हुन्छ भारतको छत्तीसगढमा।   समाचारमाध्यमकाअनुसार भारतको छत्तीसगढमा रक्सी बनाउने वा खानेले नरिवल दिएर जरिवाना भुक्तान गर्नुपर्छ। छत्तीसगढको कोरबा जिल्लाको पन्चायतले यो नियम बनाएको हो। गाउँका शरपन्च शनिचरण सिँहका अनुसार त्यहाँ चामलबाट बनेको रक्सी प्रचलित छ। मानिसहरु बिहानैदेखि रक्सी खान थाल्छन्। यतिमात्र नभएर बच्चा तथा युवकसमेत रक्स्याहा भइसकेको उनको भनाइ छ। गाउँमा बत्ती तथा मनोरन्जनका साधनको अभावमा मानिस रक्सीमै भुल्ने सिँहको भनाइ छ। रक्सीको समस्या समाधान गर्न निकै कठीन भएको उनी बताउँछन्। पहिलोपटकको जरिवानास्वरुप नरिवल दिने र दोहोर्याएमा प्रहरीमा उजुरी दिने नियम रहेको बताइएको छ।

Read More

काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको हो । यसैगरी शिक्षा दिवसलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न १२ उपसमितिसमेत गठन गरिएको छ । उत्कृष्ट विद्यालय मूल्याङ्कन समिति, कार्यक्रम समिति, शैक्षिक स्मारिका प्रकाशन समिति, सांस्कृतिक कार्यक्रम समिति रहेका छन् । यस्तै प्रचारप्रसार समिति, आन्तरिक व्यवस्थापन समिति, परिसंवाद समिति, अन्तर्राष्ट्रिय साक्षरता दिवस समिति, खेलकुद समिति, समन्वय समिति, विद्याभूषण तथा छात्रा शिक्षा पदक व्यवस्था समिति, शिक्षा पुरस्कार वितरण केन्द्रीय समिति र क्याम्पस मूल्याङ्कन…

Read More

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएकाकाे नाम रौतहट महमदपुर ८ का प्रमोद राम लौकाहका राजेश यादव कटहरीया ९ का वृजकिशोर कुसवाह बसन्तपुर १ का गणेशमान साह मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज यादव रौतहटका जोकु शाह, जोगेन्द्र गिरी, कामेश्वर प्रसाद शाह, शेख ताजित आलम, सचिन्द्र प्रसाद  यादव पोखराका चित्रबहादुर बोहरा भारतका फेकन ठाकुर, शकंर ठाकुर र राम सागर भगत बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेल गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव दुर्घटनास्थलबाट सबैभन्दा नजिक इलाका प्रहरी कार्यालय…

Read More

काठमाण्डाैं ।  नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन्। सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।” मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेपाली कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । १३ मन्त्री थपिएसँगै मन्त्रीपरिषद ३१ सदस्यीय भएको छ । दाहाल नेतृत्वको मन्त्रीपरिषदमा २ उपप्रधानमन्त्री, २४ मन्त्री र ४ राज्य मन्त्री छन् । क्र.सं.     नाम, थर       कार्य विभाजन सम्माननीय प्रधानमन्त्री १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खानेपानी तथा सरसफाई;  पशुपंक्षी विकास; महिला, बालबालिका तथा समाजकल्याण;   विज्ञान तथा प्रविधि माननीय उपप्रधानमन्त्री २. श्री विमलेन्द्र निधि गृह ३. श्री कृष्णबहादुर महरा अर्थ माननीय मन्त्री ४. श्री अर्जुननरसिंह के.सी. सहरी विकास ५. श्री रमेश लेखक भौतिक पूर्वाधार…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्दा राम्ररी बुझ्ने बताएका छन् । शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो पनि मान्यता हो ।’ उनले अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन रहेको धारणा राखे । ‘ तर, तपाईले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधनको प्रयास गर्छु,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले शिक्षा र स्वास्थ्यमा श्रीलंकाको मोडलबाट आफू प्रभावित भएको उल्लेख गर्दै भने, ‘श्रीलंका कुनै समाजवादी,…

Read More

काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो कामको रुपमा वैदेशिक रोजगारीमा जाने युवाहरुको स्वास्थ्य परीक्षण सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरु विदेशमा पुगेर स्वास्थ्य परिक्षण गराउँदा असफल हुने अनि नेपाल फर्किनु पर्ने बाध्यताका बीच स्वास्थ्य मन्त्रालयले समिति गठन गरेर छानविन प्रक्रिया अघि बढाउन लागेको हो । समितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रथम श्रेणीका चिकित्सक, नेपाल मडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा कानुन मन्त्रालयका एक अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघका प्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्ति सदस्य रहनेछन् । फाइलमा हस्ताक्षर गरेपछि मन्त्री थापाले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण अब भरपर्दो र विश्वसनीय…

Read More