झापा । बनियानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

बनियानीमा आयोजित कार्यक्रममा नेकपा एमालेका पूर्व गाउँ कमिटी सचिव भूपाल दंगालसहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले अविर मालासहित स्वागत गरेका थिए ।
राप्रपा नेपालका बनियानी गाउँ अध्यक्ष नरबाहदुर अधिकारीको अध्यक्षतामा आयोजीत पार्टी प्रवेश कार्यक्रममा पार्टीका महामन्त्री लिङ्गदेन, केन्द्रीय सदस्य देविरमण भट्टराईलगायतले बोलेका थिए ।
Facebook Comments Box