काठमाण्डाैं । नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन्।
सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।”
मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।
Facebook Comments Box