चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाकाे नाम
- रौतहट महमदपुर ८ का प्रमोद राम
- लौकाहका राजेश यादव
- कटहरीया ९ का वृजकिशोर कुसवाह
- बसन्तपुर १ का गणेशमान साह
- मुडवेलवा ६ का राजेशप्रसाद र चितरन्ज यादव
- रौतहटका जोकु शाह, जोगेन्द्र गिरी, कामेश्वर प्रसाद शाह, शेख ताजित आलम, सचिन्द्र प्रसाद यादव
- पोखराका चित्रबहादुर बोहरा
- भारतका फेकन ठाकुर, शकंर ठाकुर र राम सागर भगत
- बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेल
- गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव
दुर्घटनास्थलबाट सबैभन्दा नजिक इलाका प्रहरी कार्यालय मुग्लीनमा छ जुन दुई किलोमिटरको दुरीमा पर्दछ । दुर्घटनाका मृतक पाँच जनाको सनाखत हुन बाँकी छ ।
Facebook Comments Box