काठमाडौं– महानायक राजेश हमालको महिला अवतारको चलचित्र सकुन्तला शुक्रबारदेखि प्रदर्शनमा आएको छ । महिलालाई अपमान गर्ने पुरुषलाई चुनौती दिन नारीको रुप धारण गरेका हमालको संवादले पनि चलचित्र महिलाको सम्मानको लागि निमार्ण भएको प्रस्ट पार्छ ।
चलचित्रमा राजेश हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, स्मृति श्रेष्ठ, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, रामकुमार थापा, शिभन श्रेष्ठ, शशांक बस्यालको अभिनय छ । कृष्णहरी बराल र दयाराम पाण्डेको लेखनमा बनेको चलचित्रमा आस्त महर्जनको द्वन्द्व रहेको छ । महेश्वर खत्री र श्रीप्सा खत्रीको निमार्ण अनि दिनेश श्रेष्ठको निर्देशनमा बनेको शकुन्तला देशभर प्रदर्शनमा आउने निमार्ण टोलीले जनाएका छन् ।
Facebook Comments Box