काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो कामको रुपमा वैदेशिक रोजगारीमा जाने युवाहरुको स्वास्थ्य परीक्षण सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
वैदेशिक रोजगारीमा जाने युवाहरु विदेशमा पुगेर स्वास्थ्य परिक्षण गराउँदा असफल हुने अनि नेपाल फर्किनु पर्ने बाध्यताका बीच स्वास्थ्य मन्त्रालयले समिति गठन गरेर छानविन प्रक्रिया अघि बढाउन लागेको हो ।
समितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रथम श्रेणीका चिकित्सक, नेपाल मडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा कानुन मन्त्रालयका एक अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघका प्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्ति सदस्य रहनेछन् ।
फाइलमा हस्ताक्षर गरेपछि मन्त्री थापाले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण अब भरपर्दो र विश्वसनीय हुने विश्वास व्यक्त गरे ।
Facebook Comments Box
