Author: admin

झापा ।  यसवर्ष मनसुन अझै एकहप्ता रहने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका अनुसार मनसुन यही दिन सकिन्छ भनेर अहिल्यै भन्न नसकिएपनि एकहप्तासम्म रहने सम्भावना  छ । सामान्यतया सेप्टेम्बर २३ अर्थात शुक्रबार नै मनसुन सकिनुपर्ने हो । तर केही वर्षदेखि मनसुनको अवधि लम्बिन थालेको छ । गएको असार १ गते पूर्वबाट सुरु भएको मनसुन पश्चिमबाट कमजोर बन्दै गएको मौसमविदको भनाई छ । आइतबार पनि पूर्व र मध्य भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारदेखि मौसममा धेरै सुधार हुने मौसमविदले अनुमान गरेका छन् । मौसमविदका अनुसार भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय…

Read More

काठमाडौं ।  ब्यवस्थापिका संसदको आइतबार बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने कार्यसूची रहेको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक’ पेश गरिने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए। आइतबारको बैठकमा श्रम तथा समाजिक सुरक्षा सम्बन्धि विधेयक सम्बन्धित समितीमा पठाइयोस भनेर बैठकमा राखिनेछ भने भौतिक, सवारी तथा यातायात सम्बन्धि दोस्रो संशोधन विधेयक २०७३ छलफलका लागि पेश हुने संसद सचिवालयले जनाएको छ। बैठकमा विभिन्न सन्धी तथा सम्झौंताका सम्बन्धि पनि छलफल हुने सहायक प्रवक्ता कुँइकेलले जानकारी दिए।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली संगीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौं प्राज्ञसभालाई आइतबार सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवं श्रम सहचारी रहे जस्तै गरी संगीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने विश्वास दिलाएकाक हुन् । उनले भने “नेपाल र नेपालीको गौरवलाई विश्वमा चिनाउन संगीत एवं नाट्य क्षेत्र गतिशील हुनुपर्छ, त्यसका लागि संरक्षकका तवरबाट म सक्दो पहल गर्छु ।” प्रतिष्ठानको प्रवद्र्धन र विकासका लागि आफ्नै भवन हुने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले छिट्टै पहल गरिने विश्वास दिलाए ।

Read More

  काठमाडौं । सरकारले दसैंमा बजार अनुगमन गर्न १५ वटा विशेष टोली परिचालन गर्ने भएको छ । यसमध्ये नौवटा टोली परिचालन भइसकेका छन् । दसैंको समयमा खरिदबिक्रीको चाप बढ्ने र गुणस्तरहीन दैनिक उपभोग्य वस्तु पनि बिक्री हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाले विज्ञसहितको टोली गठन गरी परिचालन गरेका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति विभागले यस्तो विशिष्ट टोली परिचालन गरिसकेका छन् । व्यापारीले कालोबजारी गरेको पाइएमा खाद्य ऐनअनुसार…

Read More

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको फैसला आइतबार हुँदैछ । चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आइतबार अन्तिम पेशी तोकिएको जानकारी दिए । उहाँका अनुसार यस घटनाका वादी तथा प्रतिवादीतर्फका वकिलको मुद्दा पेशी नहटाए तोकिएकै दिन आइतबार फैसला हुनेछ । छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेकी गंगामायाले गएको भदौ २७ गते अनशन तोडेकी थिइन‍् । चितवन जिल्ला अदालतको श्रेष्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो । २०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या भएको थियो ।  नन्दप्रसाद अधिकारीले आफ्नो छोरोको हत्या माओवादीबाट…

Read More

दमक ।  ‘हुने बिरुवाको चिल्लो पात’ भने झै झापा दमकका प्रकाश अधिकारी सानै उमेर देखि केहि गर्ने सोच पाल्थे । बिद्यालयमा पढ्दै देखि सामाजिक सेवामा लाग्नलाई उनको चेतले भनिरहेको हुन्थ्यो । यसैले होला उनले आफ्नो पढाइको बिषय समेत स्वास्थ्य क्षेत्र रोजे र शुरुमा ल्याव साहयक बने ।  केहि समय दमकको आम्दा अस्पताल र लाईफ लाईन अस्पतालमा काम गरे । उनले आफ्नै ब्यवसाय शुरु गर्नु पर्छ भन्ने लाग्यो र त्यसपछि उनले आफ्नै औषधीको ब्यवसाय शुरु गरेपनि पढाइलाई पनि निरन्तरता दिए । फार्मेसीको अध्ययन र यससंग सम्बन्धित ब्यापारलाई अगाडि बढाए । आज उदयमान सफल ब्यवसायीको रुपमा दमकमा दरिलो उपस्थिति जनाए । उमेरले…

Read More

दमक,असाेज ९ । संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेता कमल छाराहाङले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । झापाको दमकमा सम्पन्न पार्टीको प्रथम एकता महाधिवेशन केलव पदीय सहमतिमा सिमित भएको तथा राजनीतिक दिशाबोधका बारेमा महाधिवेशन केन्द्रीत नभएको आरोप लगाउँदै आफूले पार्टी परित्याग गरेको बताए । नेता छाराहाङले पार्टी त्याग गरेपछि आफू स्वतन्त्र नागरिकका रुपमा रहने घोषणा गरे । उनले संघीय लिम्बुवान पार्टीले लिम्बुवान प्राप्तीको कार्यदिशामा स्पष्ट राजनीतिक एजेण्डा तय गर्न नसकेकाले आफूले नैतिकताका आधारमा पनि पार्टी छाड्न बाध्य भएको बताए । छाराहाङ लिम्बुवान राजनीतिक मामिलामा अगुवा मानिन्छन् । दमकमा असोज ४ देखि ७ गतेसम्म चलेको…

Read More

दमक । यौन धन्दामा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यलय दमकले गएराती सिनीयर होटल दमकबाट होटल सञ्चालक सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त होटलमा करिब १ वर्ष अघिबाटै खुलेर यौन धन्दा हुने गरेको स्थानीयले गुनासो गरेपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा ६ जना युवती सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । होटल सञ्चालक नन्द प्रसाद चौलागाई पनि पक्राउ परेकाछन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भईरहेको छ । पछिल्लो समय प्रहरले विर्तामोड र इटहरीमा कडाई गर्न थाले पछि दमकमा पेशेवर यौनकर्मीको संख्या बढेको छ । राजनीतिक संरक्षणमा होटलमा यौनकर्मीनै राखेर…

Read More

बझाङ – बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन । यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् । खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर…

Read More

काठमाडौं – सत्तारूढ माओवादी केन्द्रले २५ सय सदस्यीय पार्टी केन्द्रीय समितिको आकार घटाउन छलफल सुरु गरेको छ । शनिबार पेरिसडाँडास्थित मुख्यालयमा सुरु पार्टी सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीय समितिको आकार घटाउने प्रस्ताव गरेका हुन् । केन्द्र, प्रदेशदेखि जिल्लासम्मै भद्दा पार्टी संरचना निर्माण गर्दा दैनिक काम सम्पादनलगायत संगठन सञ्चालनमा कठिनाइ भएको भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । आइतबारको बैठकमा सदस्यहरूले उक्त प्रस्तावमाथि धारणा राख्ने कार्यक्रम छ । ठूलो संख्या भएकै कारण भदौ ११ देखि भृकुटीमण्डपमा गर्ने भनिएको पार्टी केन्द्रीय समिति बैठकसमेत हुन सकेन । दाहालले अर्को बैठकको मिति तोक्न सकेका छैनन् । माओवादी केन्द्रको मंसिर अन्तिम साता…

Read More