काठमाडौं । ब्यवस्थापिका संसदको आइतबार बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश गर्ने कार्यसूची रहेको छ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक’ पेश गरिने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए।
आइतबारको बैठकमा श्रम तथा समाजिक सुरक्षा सम्बन्धि विधेयक सम्बन्धित समितीमा पठाइयोस भनेर बैठकमा राखिनेछ भने भौतिक, सवारी तथा यातायात सम्बन्धि दोस्रो संशोधन विधेयक २०७३ छलफलका लागि पेश हुने संसद सचिवालयले जनाएको छ।
बैठकमा विभिन्न सन्धी तथा सम्झौंताका सम्बन्धि पनि छलफल हुने सहायक प्रवक्ता कुँइकेलले जानकारी दिए।
Facebook Comments Box