![]()
काठमाडौं । सरकारले दसैंमा बजार अनुगमन गर्न १५ वटा विशेष टोली परिचालन गर्ने भएको छ । यसमध्ये नौवटा टोली परिचालन भइसकेका छन् । दसैंको समयमा खरिदबिक्रीको चाप बढ्ने र गुणस्तरहीन दैनिक उपभोग्य वस्तु पनि बिक्री हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाले विज्ञसहितको टोली गठन गरी परिचालन गरेका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति विभागले यस्तो विशिष्ट टोली परिचालन गरिसकेका छन् ।
व्यापारीले कालोबजारी गरेको पाइएमा खाद्य ऐनअनुसार तत्कालै कारबाही गरिने विभागले जनाएको छ ।
Facebook Comments Box