दमक,असाेज ९ । संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेता कमल छाराहाङले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
झापाको दमकमा सम्पन्न पार्टीको प्रथम एकता महाधिवेशन केलव पदीय सहमतिमा सिमित भएको तथा राजनीतिक दिशाबोधका बारेमा महाधिवेशन केन्द्रीत नभएको आरोप लगाउँदै आफूले पार्टी परित्याग गरेको बताए ।
नेता छाराहाङले पार्टी त्याग गरेपछि आफू स्वतन्त्र नागरिकका रुपमा रहने घोषणा गरे । उनले संघीय लिम्बुवान पार्टीले लिम्बुवान प्राप्तीको कार्यदिशामा स्पष्ट राजनीतिक एजेण्डा तय गर्न नसकेकाले आफूले नैतिकताका आधारमा पनि पार्टी छाड्न बाध्य भएको बताए । छाराहाङ लिम्बुवान राजनीतिक मामिलामा अगुवा मानिन्छन् ।
दमकमा असोज ४ देखि ७ गतेसम्म चलेको एकता महाधिवेशनमा नेता छाराहाङले राजनीतिक दिशाबोधका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । महाधिवेशनमा पार्टीको नेतृत्व चयनमा विवाद हुँदा छाराहाङ पक्ष असन्तुष्ट बनेको हो ।