काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली संगीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौं प्राज्ञसभालाई आइतबार सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवं श्रम सहचारी रहे जस्तै गरी संगीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने विश्वास दिलाएकाक हुन् । उनले भने “नेपाल र नेपालीको गौरवलाई विश्वमा चिनाउन संगीत एवं नाट्य क्षेत्र गतिशील हुनुपर्छ, त्यसका लागि संरक्षकका तवरबाट म सक्दो पहल गर्छु ।”
प्रतिष्ठानको प्रवद्र्धन र विकासका लागि आफ्नै भवन हुने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले छिट्टै पहल गरिने विश्वास दिलाए ।
Facebook Comments Box