दमक । यौन धन्दामा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यलय दमकले गएराती सिनीयर होटल दमकबाट होटल सञ्चालक सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त होटलमा करिब १ वर्ष अघिबाटै खुलेर यौन धन्दा हुने गरेको स्थानीयले गुनासो गरेपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा ६ जना युवती सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
होटल सञ्चालक नन्द प्रसाद चौलागाई पनि पक्राउ परेकाछन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भईरहेको छ । पछिल्लो समय प्रहरले विर्तामोड र इटहरीमा कडाई गर्न थाले पछि दमकमा पेशेवर यौनकर्मीको संख्या बढेको छ ।
राजनीतिक संरक्षणमा होटलमा यौनकर्मीनै राखेर यौनधन्दा चलाउनेको संख्या बढ्दा समेत प्रहरीले छापा मार्न सकेको छैन । स्थानीहरुका अनुसार दमक क्षेत्रका अधिकांश होटलहरुमा यौनधन्दा सञ्चालन हुने गरेको छ । यस्ता होटलका सञ्चालक तथा यौनकर्मीलाई पक्राउ गरे पनि राजनीतिक दवाबमा छुट्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।