Author: admin

काठमाडौं महानगरको मतगणना सुरु भएको छ। सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार केहीबेरअघि १ र ३२ नं वडाबाट मत गणना सुरु भएको हो। मतगणना सुरु भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृहमा यतिबेला उम्मेदवार अनि नेता कार्यकर्ताको उपस्थिति बढ्न थालेको छ।

Read More

झापा । झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ। ३०१ मत गणना हुँदा राप्रपाका अध्यक्षका उम्मेदवार रविन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन्। दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन्। उनले ११५ मत ल्याएका छन्। त्यस्तै काँग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन्। उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१ , स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ।

Read More

झापा । झापाकाे कचनकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएकाे छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्। त्यस्तै राप्रपाका अन्जरा आलमले २२ तथा माओवादीका बुद्धि प्रसाद नेपालले ३ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनका नवराज भट्टराईले २९ राप्रपाका निमसरी राजव‌शीले २७ तथा माओवादीका भागीरथा अधिकारीले १६ मत ल्याएका छन्।

Read More

झापा । झापाका ६ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ। कनकाई, कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मात्र मतगणना शुरु भएको हो। सबै स्थानीय तहमा मतगणना शुरु भए/नभएको सबै जानकारी आइनसकेको झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए। उनले भने, ‘हिजो मतदानको कार्यक्रम केही ढिला भएको हो। आजबाट मतगणनाको कामले तीब्रता लिन्छ।’ कनकाई नगरपालिकामा गरिएको मतगणनामा स्वतन्त्र मेयर पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले शुरुवाती अग्रता लिएका छन्। त्यहाँ वडा नम्बर ८ र ९ बाट मतगणना सुरु गरिएको हो। ३ सय मत गन्दा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले जेब्रा चुनाव चिन्हबाट १ सय ४१ मत ल्याएका छन्।…

Read More

झापा । स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएपश्चात मतपेटिकाहरु धमाधम गणनास्थलतर्फ लैजाने काम चलिरहेको छ । शुक्रबार विहान ७ बजेदेखि भएको मतदानमा झापामा लगभग ६६ प्रतिशत मत खसेको बताइएको छ । लगभग ६६ देखि ६७ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र थिए । देशभर ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१…

Read More

झापा । झापामा ५० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३ः१५ बजे सम्म ५० प्रतिशत मत खसेको हो। हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए। झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ। झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो। नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको…

Read More

काठमाडौं। स्थानीय तहको निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ। मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ। निर्वाचन भएका ठाउँमा आज साँझबाटै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

Read More

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै  साँझबाट मतगणना सुरु हुने भएकोछ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान  केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमासहभागी गराइने आयोजना जनाएको छ । मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र  उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचनअधिकृतको  कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै  आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगकाप्रवक्ता शालिग्राम  शर्मा पौडेलले जानकारी दिए ।

Read More

झापा । स्थानीय तहका लागि जनप्रतिनिधि छान्न मतदान गर्ने क्रम जारी छ। बिहान सात बजेबाट शुरु हुने मतदान तयारीका काम केही बाँकी रहेकाले केही बेर ढिला भएको मतदान अधिकृतहरुले बताएका छन्। झापाका अधिकांश स्थानमा राति बर्षा भएकाले हिजो गरिएको तयारीले नपुगेकाले आज बिहानैदेखि पुनः संरचना बनाउनु पर्ने भएकाले केहीबेर ढिला भएको हो। झापाका केही स्थानमा आज बिहान पनि बर्षा भएको थियो। मतदाता पनि मतदानस्थलमा ढिलो गरि आएका हुन्। तस्वीरहरूः

Read More