झापा । झापामा ५० प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३ः१५ बजे सम्म ५० प्रतिशत मत खसेको हो। हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए।
झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ। झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो।
नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ।
झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता छन्। अहिले मतदानस्थलमा मतदाताको संख्या घटेको नेपालले बताए। ‘अहिले मतदान केन्द्रहरूमा मतदाताको संख्या क्रमशः कम भएको छ,’ उनले भने।