काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै
साँझबाट मतगणना सुरु हुने भएकोछ ।
आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान
केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमासहभागी गराइने आयोजना जनाएको छ ।
मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र
उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचनअधिकृतको
कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै
आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगकाप्रवक्ता शालिग्राम
शर्मा पौडेलले जानकारी दिए ।
Facebook Comments Box