काठमाडौं। स्थानीय तहको निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका अनुसार आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ। मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।
निर्वाचन भएका ठाउँमा आज साँझबाटै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
Facebook Comments Box