झापा । स्थानीय तहका जनप्रतिनिधिका लागि गरिएको मतदान सम्पन्न भएको छ।
मतदान सम्पन्न भएपश्चात मतपेटिकाहरु धमाधम गणनास्थलतर्फ लैजाने काम चलिरहेको छ ।
शुक्रबार विहान ७ बजेदेखि भएको मतदानमा झापामा लगभग ६६ प्रतिशत मत खसेको बताइएको छ ।
लगभग ६६ देखि ६७ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र थिए ।
देशभर ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ ।
देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए ।
शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

Facebook Comments Box