Author: admin
बिराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ । मतगणनका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रु ग्याँस प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए । केहीबेर तनावग्रस्त भएको रंगलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको उनको भनाइ छ ।
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सौन्दर्य प्रतियोगितका नाममा आफूमाथि यौन हिंसा भएको भन्दै सार्वजनिक गरेको घटनाको अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन्। सभामुख सापकोटालले घट्नाका दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन्। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए। सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। केही वर्ष पहिले एक युवतीलाई सौन्दर्य प्रतियोगितका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्न माग गरिएको छ।
काठमाडौं । सौन्दर्य प्रतियोगिताका नाममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले आफ्नो भिडियो सार्वजनिक गरेपछि यतिबेला आरोपितलाई कानूनी कठघरामा ल्याउन चौतर्फि दबाब बढिरहेको छ। सामाजिक सञ्जालसम्म तताएको यस विषयले शुक्रबार संसदमै प्रवेश पाएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले पीडित युवतीले सार्वजनिक गरेको घट्ना अति गम्भीर रहेको भन्दै आरोपितलाई कानूनी दायरामा ल्याएर अनुसन्धान थाल्न माग गरेका छन्। “हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,” थापाले भनेका छन्, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार…
झापा । झापाको बिर्तामोड नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाई निर्वाचित भएकी छन्। नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन्। उपप्रमुखमा एमालेका उम्मेदवार नगेन्द्र संग्रौला निर्वाचित भएका छन्। उनले गठबन्धनका उम्मेद्वार सीपी कडरियालाई ७१३५ मतले हराएका हुन्। संग्रौलाले १५५८६ मत प्राप्त गरिरहँदा कडरियाले ८४५१ मत प्राप्त गरेका छन्।
झापा । झापाको दमक नगरकालिकाको प्रमुख पद राप्रपाले जितेको छ। मेयर पदका राप्रपाका उम्मेदवार राम थापा दमक नगरपालिकाको मेयर बनेका हुन्। लामो समयदेखि निरन्तर पराजित रहेका थापाको दमकको मेयर बन्ने सपना पूरा भएको छ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकको मेयर पदका लागि सत्ता गठबन्धनले राप्रपाको सहारा लिएको थियो। थापा दमकमा एक जना लोकप्रिय नेताका रुपमा चिनिन्छन्। थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन्। उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई निर्वाचित भएकी छिन्। उनले १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिष्पर्धी एमालेका…
झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाई विजयी भएका छन् । प्रसाईले ३१०१ मतान्तरले नेकपा एमालेका मीरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । प्रसाईले ११४०३ मत प्राप्त गर्दा भुर्तेलले ८३०२ मत प्राप्त गरिन् । उपाध्यक्षमा नेकपा एमालेका भवानी प्रसाद खतिवडा निर्वाचित भएका छन् । खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ८०७४ मत ल्याउँदा तिम्सिनाले ५२१६ मत पाएका छन् ।
झापा । झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जित हासिल गरेका हुन्। गाउँपालिकामा निर्वाचित शाहले ६७९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गरे। उपाध्यक्ष पदमा निर्वाचित थपलियाले ५८६८ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार देवीमाया अधिकारीले ४३७१ मत प्राप्त गरेकी छन्।
बिर्तामोड । झापाको बिर्तामोड– ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडा नं. ४ को वडाध्यक्षमा राहुल शर्मा निर्वाचित भएका छन् । यसअघि नेपाली कांग्रेसले जितेको सो वडामा शर्मा सदस्य थिए । शर्माले १८१३ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार कुलप्रसाद संग्रौलाले १७२० मत प्राप्त गरेका छन् । वडा नं. ४ को महिला सदस्यमा रमादेवी राजवंशी, दलित महिला सदस्यमा निर्मलादेवी सुनुवार, खुल्ला सदस्यहरुमा उमेश राउत र केशव कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
झापा । स्थानीय तह निवार्चन २०७९ अन्तर्गत झापाको भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । भद्रपुरका नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् । प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजवंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् । उप-प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिव कुमार…
काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो । विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ । स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन…