झापा । झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको छ।
गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जित हासिल गरेका हुन्।
गाउँपालिकामा निर्वाचित शाहले ६७९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गरे।
उपाध्यक्ष पदमा निर्वाचित थपलियाले ५८६८ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार देवीमाया अधिकारीले ४३७१ मत प्राप्त गरेकी छन्।
Facebook Comments Box