झापा । झापाको बिर्तामोड नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाई निर्वाचित भएकी छन्। नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले हराउँदै प्रसाई नगर प्रमुखमा निर्वाचित भएकी हुन्। उपप्रमुखमा एमालेका उम्मेदवार नगेन्द्र संग्रौला निर्वाचित भएका छन्।
उनले गठबन्धनका उम्मेद्वार सीपी कडरियालाई ७१३५ मतले हराएका हुन्।
संग्रौलाले १५५८६ मत प्राप्त गरिरहँदा कडरियाले ८४५१ मत प्राप्त गरेका छन्।
Facebook Comments Box