काठमाडौं । सौन्दर्य प्रतियोगिताका नाममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले आफ्नो भिडियो सार्वजनिक गरेपछि यतिबेला आरोपितलाई कानूनी कठघरामा ल्याउन चौतर्फि दबाब बढिरहेको छ।
सामाजिक सञ्जालसम्म तताएको यस विषयले शुक्रबार संसदमै प्रवेश पाएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले पीडित युवतीले सार्वजनिक गरेको घट्ना अति गम्भीर रहेको भन्दै आरोपितलाई कानूनी दायरामा ल्याएर अनुसन्धान थाल्न माग गरेका छन्।
“हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,” थापाले भनेका छन्, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन । यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस् ।”