काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सौन्दर्य प्रतियोगितका नाममा आफूमाथि यौन हिंसा भएको भन्दै सार्वजनिक गरेको घटनाको अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन्।
सभामुख सापकोटालले घट्नाका दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
केही वर्ष पहिले एक युवतीलाई सौन्दर्य प्रतियोगितका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्न माग गरिएको छ।
Facebook Comments Box