झापा । झापाको दमक नगरकालिकाको प्रमुख पद राप्रपाले जितेको छ। मेयर पदका राप्रपाका उम्मेदवार राम थापा दमक नगरपालिकाको मेयर बनेका हुन्।
लामो समयदेखि निरन्तर पराजित रहेका थापाको दमकको मेयर बन्ने सपना पूरा भएको छ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकको मेयर पदका लागि सत्ता गठबन्धनले राप्रपाको सहारा लिएको थियो।
थापा दमकमा एक जना लोकप्रिय नेताका रुपमा चिनिन्छन्।
थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई निर्वाचित भएकी छिन्। उनले १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन्।
Facebook Comments Box