झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाई विजयी भएका छन् ।
प्रसाईले ३१०१ मतान्तरले नेकपा एमालेका मीरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । प्रसाईले ११४०३ मत प्राप्त गर्दा भुर्तेलले ८३०२ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा नेकपा एमालेका भवानी प्रसाद खतिवडा निर्वाचित भएका छन् ।
खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन् ।
खतिवडाले ८०७४ मत ल्याउँदा तिम्सिनाले ५२१६ मत पाएका छन् ।
Facebook Comments Box