Author: admin

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन्। मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको दक्ष जनशक्तिसम्बन्धी अन्तरक्रियामा एमाले सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन् । उनले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताए। विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए । भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए । उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले कुनै अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।  

Read More

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच भेटवार्ता भइरहेको छ। यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनका घरमा हुने गरेको भेट अहिले सिंहदरबार मै भइरहेको छ। पूर्वमाओवादी खेमा एक हुने चर्चा चलिरहेका बेला दाहाल र भट्टाराईबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Read More

काठमाडौं। बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय र पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ। यसअघि मन्त्रालयका सचिव र मातहतका अन्य कर्मचारीसँग साेधपुछ गरेकाे समितिले मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल सुरु गरेको हो। सिंहदरबारमा जारी समितिको बैठकमा यी विज्ञहरुसँगको छलफल सकेर मात्र पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी छ। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। संसदीय छानबिन समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

Read More

काठमाडौं । पूर्व मेयर विद्यासुन्दर शाक्यका बेला खरिद प्रक्रिया अगाडि बढाइएको तीनवटा आधुनिक प्रविधियुक्त दमकल काठमाडौं महानगरपालिकामा आइपुगेको छ । महानगरसँग पर्याप्त दमकल नहुँदा समयमै आगलागी नियन्त्रणमा समस्या भोग्दै आएको थियो । महानगरका मेयर बालेन साहले पूर्वमेयर विद्यासुन्दर शाक्यको पालामा थालिएको खरिद प्रक्रियाअन्तर्गत ३ वटा दमकल महानगर आइपुगेको जानकारी गराएका छन् । यी दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको उनको भनाइ छ । मेयर साहले सामाजिक सन्जालमा लेखेका छन्, ‘सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । आगोको विषयमा कहिल्यै पनि हेलचेक्राइँ नगरौं । सावधान रहौं । र, आफ्नो घर…

Read More

काठमाडौँ । अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ ।  यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता तथा कार्यकर्ता र संस्थाहरुलाई उपलब्ध गरिएको हो ।  आर्थिक सहयताको नाममा तीन वर्षमा ३० करोड रुपैयाँभन्दा बढी रकम बाँडेको पाइएको छ । सरकारी निकाय महालेखापरीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा ओली नेतृत्वको सरकारले उक्त रकम आर्थिक सहायता शिर्षकमा वितरण गरेको देखाएको हो ।  कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सममको तीन वर्षमा आर्थिक सहायता शिर्षकमा कूल ३० करोड १० लाख २९ हजार रुपैयाँ वितरण गरेको…

Read More

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणदर फेरि बढ्न थालेकाे छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशभरका ल्याबमा ४ हजार ६ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । भर्ना भएका बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघा लाग्ने, थकित हुने, पसिना आउनेजस्ता लक्षण छन् । गएको असार…

Read More

काठमाडौं । प्रहरीले काठमाडौंबाट ‘हनी ट्र्याप’मा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। सिन्धुली कमलामाई नगरपालिका-६ घर भइ बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका बस्नेत र कार्की श्रीमान-श्रीमती हुन्। उनीहरूले पीडितलाई सामाजिक सञ्जाल प्रयोग गरी सम्पर्क गर्ने गरेको र पछि ती व्यक्तिहरूलाई प्रत्यक्ष भेटी झूटा मुद्दा लगाइदिन्छु भन्ने गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनका अनुसार उनीहरूले विभिन्न संस्थानबाट लाभ लिने उद्देश्यले विभिन्न समूहका महिला र पुरूषहरूसँग सामाजिक सञ्जालमा जोडिएर पछि उनीहरूलाई फसाउने गरेको आरोप छ।…

Read More

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो। पार्टीलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतीको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। चुनावी…

Read More

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे छ । भगवान शिवलाई पानी अर्पण गर्न भक्तजन गाग्रो बोकेरै पशुपति नाथ मन्दिर पुगेका छन् । हेरौं तस्वीरहरूः

Read More