काठमाडौं। बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय र पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्दैछ।
यसअघि मन्त्रालयका सचिव र मातहतका अन्य कर्मचारीसँग साेधपुछ गरेकाे समितिले मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल सुरु गरेको हो। सिंहदरबारमा जारी समितिको बैठकमा यी विज्ञहरुसँगको छलफल सकेर मात्र पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी छ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। संसदीय छानबिन समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
Facebook Comments Box