काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन्।
मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको दक्ष जनशक्तिसम्बन्धी अन्तरक्रियामा एमाले सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन् । उनले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।
उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताए। विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए ।
भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए । उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा पनि जोड दिए।
Facebook Comments Box