![]()
कर्मा शाक्य र केकी अधिकारीको ‘लभ सासा’ को टिजर सार्वजनिक भएको छ। यसअघि ‘भिजा गर्ल’ निर्देशन गरेको प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्ममा कर्मा–केकीका अलावा आशिफ शाह मुख्य भूमिकामा देखिन्छन्।
पपकर्न पिक्चर्सको प्रस्तुतिमा प्रिन्सेस मुभिज र द टी फोल्क मुभिजको ब्यानरमा माधव वाग्ले निर्मित फिल्ममा कर्मा–केकी–आशिफका अलावा शिवानी चालिसे, रश्मी
भट्टलगायतले अभिनय गरेका छन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, लोकश बज्राचार्यको सम्पादन, जेशन कुँवरको पाश्र्व संगीत रहेको छ।
फिल्म सन् २०१७ को जनवरीमा रिलिज हुने जनाइएको छ।
Facebook Comments Box