
एजेन्सी । करण जौहरको फिल्म ‘ए दिल है मुस्किल’मा समावेश अनुष्का शर्मा र रणवीर कपुरका ५० प्रतिशत चुम्बन दृश्य सेन्सर बोर्डले हटाइदिएको छ । शुक्रबार रिलिज हुन लागेको फिल्म पाकिस्तानी कलाकारका कारण विवादमा छ ।
फिल्मको सेन्सर सर्टिफिकेट एक्कासि सोसियल मिडियामा लिक भएपछि अझ चर्चा बढेको छ । भारतीय फिल्म सेन्सर बोर्डले फिल्ममा समावेश अनुष्का शर्माका चुम्बन दृश्य र दुईअर्थी थुप्रै सम्वादमाथि कैँची चलाएको छ ।
तर, ऐश्वर्या र रणवीर कपुरबीचको अन्तरंग दृश्य भने नकाटेको भारतीय अनलाइनले उल्लेख गरेका छन् । बोर्डले रणवीर अनुष्काबीचको एउटा लामो चुम्बन दृश्यलाई आधा मात्र राख्ने अनुमति दिएको बताइएको छ ।
त्यसका साथै सेन्सरले हटाउने आदेश दिएको केही दोहोरो अर्थ लाग्ने सम्वादलाई करणले नयाँ सम्वाद डबिङ गरी मिलाएको बताइन्छ ।
(नयाँ पत्रिकाबाट)
Facebook Comments Box