बलिउडका चर्चित नायक अमिताभ बच्चनले यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन् । ७३ बर्षका यी अभिनेतालाई चलचित्र ‘पीकु’बाट यो पुरस्कार दिइएको हो । यस्तै, नायिका कंगना रनावतलाई उत्कृष्ट अभिनय गरेको भन्दै चलचित्र ‘तन्नु वेड्स मन्नु रिटन्र्स’बाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट चलचित्रको पुरस्कारमा भने ‘दम लगा के हइशा’लाई चुनिएको छ । राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यो पुरस्कार प्रदान गरेका थिए । ‘६३ औं राष्ट्रिय चलचित्र पुरस्कार’मा एसएस राजामौलीको निर्देशनमा बनेको तेलगु चलचित्र ‘बाहुबली’लाई सर्वोत्कृष्ट चलचित्रको अवार्ड दिइयो ।
सर्वोत्कृष्ट निर्देशकको विधामा भने संजय लिला भन्सालीले ‘बाजीराव मस्तानी’बाट पुरस्कार प्राप्त गरे । सो कार्यक्रममा राष्ट्रपतिले पद्यम पुरस्कार पनि प्रदान गरेका थिए ।