काठमाडौं । अल्मोडा राना उप्रेती र सुजता बर्माले गाएको नयाँ गीतले युटुवमा नयाँ रेकर्ड राखिरहेको छ ।
२२ घण्टा अघि युटुवमा अपलोड गरेर सार्वजनिक गरिएको उक्त गीतले अहिले सम्म साढे १३ हजार दर्शक कमाएको छ । उक्त गीतमा कण्डम प्रयोग गर्दा एड्स नलाग्ने र बच्चाबच्ची समेत नहुने विषय उल्लेख गरिएको छ ।
अहिले उक्त गीत नेपालमा टप १० ट्रेण्डमा चलिरहेको छ । वि फर चेन्ज नामक संस्थाले स्वास्थ्य मन्त्रालय तथा स्टेइङ अलिभसँगको सहकार्यमा उक्त गीत बजारमा ल्याएको जनाइएको छ ।
हेरौँ जनचेतानमुलक उक्त भिडियो र स्वस्थ्य समाजका लागि शेयर पनि गरौं :
Facebook Comments Box