काठमाण्डाैं । बेचिएपछि आफ्नो एकल संघर्षका बलमा स्वदेश फर्की आफूलाई मुम्बई पुर्याउने गिरोहलाई सजाय दिन सफल चरिमाया तामाङको जीवन संघर्षमा आधारित भनेर निर्माण थालिएको चलचित्र ‘मखमली’ शुक्रबारदेखि प्रदर्शनमा अाएकाे छ ।

राजु गिरीले निर्देशन गरेको चलचित्र ‘मखमली’मा चरिमायाको चरित्र नायिका शुभेच्छा थापाले निर्वाह गरेकी छिन् । चलचित्र ‘मखमली’ मा पुरुष कलाकारहरू धेरै छन् । यसअघि चलचित्रमा अश्लील दृश्यहरू राखेर चर्चामा आउने निर्देशक राजु गिरीले चलचित्र ‘मखमली’ मा भने अश्लील दृश्यहरू भने नभएको बताएका छन् । वासु बरालले खिचेको यो चलचित्रलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।
चलचित्र मखमली को अफिसियल ट्रेलर
Facebook Comments Box