काठमाण्डाैं । नेपाली फिल्मको एक्सनलाई बेग्लै आयाम दिदैं नेपाली फिल्ममा ‘पिजँडा’बाट डेब्यू गरेका अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म ‘रूद्र’को घोषणा गरेका छन्।
![]()
सोमबार बिहान आयोजित प्रेसमिट मार्फत फिल्मको घोषणा गरेका हुन्। फिल्मको निर्माण घोषणासँगै एक्सन स्टारको छवि बनाएका निखिलले त्यसमा संगीतकारका रूपमा नयाँ परिचय थपेका छन्।
फिल्मको एक गीतमा उनको संगीत रहनेछ। निखिलले संगीतमा आफूलाई पहिलेदेखि नै रूचि भएको र सो रूचि यसै फिल्मबाट पहिलोपल्ट सार्वजनिक हुने बताए।
‘म फाइटहरूको कम्पोज गर्दा पनि संगीत सुनेरै गर्छु। संगीतले मलाई मेरो काममा बेग्लै उर्जा दिन्छ’, निखिलले भने, ‘रुद्रमा मैले लोक शैलीको गीत गरेको छु।’
त्यस्तै निखिलले आफूले संगीत तयार पार्दाको भिडियो पनि केही समयपछि सार्वजनिक गर्ने जानकारी दिए।
Facebook Comments Box