दमक । झापामा नै अधिकांश छायांकन भएको फिल्म ‘राधा’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ। दमकमा आयोजित एक पत्रकार सम्मेलनमा फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरलाई दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उघारेका थिए ।

कार्यक्रममा निर्देशक योगेश घिमिरे, पटकथा लेखक प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफडी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो।
निर्देशक योगेश घिमिरेले माया प्रेमको कथालाई मुख्य बिषय बनाएर एउटा उत्कृष्ट चलचित्र दिन खोजेको बताए ।
पटकथा लेखक प्रदीप भारद्धाजले फिल्मको कथा चट्पटे स्वादको रहेको बताउँदैे २ घण्टाको समयमा दर्शकले भरपुर मनोरञ्जन पाउने दावी गरेका थिए।
जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म कात्तिक १२ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ।